logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजावादीका आन्दोलनकारीले भाटभाटेनीबाट चोरे बियर


अंकुरण खबर
1.417K
Shares

कोटेश्वरस्थित भाटभटेनीमा राजावादीले लुटपाट गरेका छन् ।

सामाजिक सञ्जालमा जारी भिडिओमा एक युवक बियरको बोत्तल दुवै हातमा बोकेर हिँडेको देखिन्छ । साथै, अन्य युवाहरुले फलफूल पसलमा तोडफोडसमेत गरेका छन् । फलफूलहरु भुँइमा यत्रतत्र छरिएको पनि देखिन्छ ।

उनीहरुले पार्किङमा राखेको कारमासमेत तोडफोड गरेका छन् । तीनकुनेबाट तितरवितर भएर त्यहाँ पुगेका आन्दोलनकारीले विभिन्न स्थानमा तोडफोड गरिरहेका छन् ।