logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीनकुने क्षेत्रमा सेना परिचालन


अंकुरण खबर
1.365K
Shares

राजावादी प्रदर्शनकारीले काठमाडौँका ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरिरहेका बेला काठमाण्डुको तीनकुनेको सडकमा नेपाली सेनाको टोली परिचालन भएको छ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएपछि आम जनताले सेना परिचालन भएको अनुमान लगाएका छन् ।

बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटाइएको नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव कुमार केसीले जानकारी दिए ।