logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, सहसचिव भट्टराई नियन्त्रणमा


अंकुरण खबर
1.183K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मार्दै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ।

मानव तस्करीमा संलग्न गिरोहसँगको साँठगाँठको आशंकामा अनुसन्धान थालिएको आयोग स्रोतले जनाएको छ। छानबिनका क्रममा भट्टराईको मोबाइल फोन जफत गरिएको छ भने कार्यालयबाट केही महत्वपूर्ण कागजात पनि बरामद गरिएको छ।

भिजिट भिसा सेटिङमार्फत अवैध रकम असुली भइरहेको सूचनाका आधारमा छापा मारिएको हो। मन्त्रालयमा संलग्नताको जानकारी पुगेपछि उनलाई एक दिनअघि मात्र मन्त्रालय फिर्ता बोलाइएको थियो। भट्टराईमाथि यसअघि पनि स्थानीय विकास अधिकारीका रूपमा कार्यरत रहँदा भ्रष्टाचारको आरोप लागेको थियो