logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतसहित दक्षिण एसियाली मुलुकमा फेरि कोभिड


अंकुरण खबर
1.794K
Shares

छिमेकी मुलुक भारतलगायत दक्षिण एसियाली देशहरूमा पुनः कोरोना भाइरस(कोभिड–१९) फैलन सुरु भएको छ ।
थाइल्यान्ड, सिंगापुर, हङकङमा पछिल्लो समय कोरोना भाइरसका केसहरू देखापर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यी मुलुकमा संक्रमितहरूको संख्या बढिरहेका समाचार एजेन्सीहरूले जनाएका छन् । संक्रमण बढेसँगै अस्पतालहरूमा भर्ना हुनेहरूको संख्या पनि बढिरहेको छ । भारतमा पछिल्लो एक सातामा कोरोनाका नयाँ केसहरू देखिन थालेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ५७ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये दुई जना संक्रमितको मृत्यु भएको जनाइएको छ । ती दुवैजना दीर्घकालीन रोगका बिरामी थिए । उनीहरू कोभिड लागेपछि अस्पतालमा भर्ना भएकामा उपचारका क्रममा मृत्यु भएको हो । कोभिड लागेकामध्ये एक जनालाई मुखको क्यान्सर र अर्कोलाई मिर्गौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो ।

विज्ञहरूका अनुसार भारतमा खोपको प्रभाव अब कम हुन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढिरहँदा नेपालमा भने सतर्कता नअपनाएको पाइएको छ ।