logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ


अंकुरण खबर
1.391K
Shares

काठमाडौं महानगरपालिका-९ गौशाला पिंगलास्थानबाट १ थान घरेलु पेस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका-७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा विष्णुपुर गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन्।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा.१५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाइछिपाई राखेको उक्त पेस्तोल फेला परेपछि कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।