logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

यस्तो छ आजको मौसम


अंकुरण खबर
1.573K
Shares

केही दिनयता देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश प्रदेश लगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।