logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ


अंकुरण खबर
338
Shares

 

रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ परेका छन् ।

रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौँबाट टिमुरे जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले बसमा सवार धादिङका ३७ वर्षीय सुशील गुरुङलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार गुरुङसँग ४३ हजार डलर फेला पारेको बताएको छ ।

अहिले गुरुङलाई राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।