logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१० हजार बढीले घट्यो सुनको मूल्य


अंकुरण खबर
741
Shares

सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १० हजार एक सय रुपैयाँ घटेर दुई लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन मंगलबार तीन लाख एक हजार ९०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।