पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा आज बिहान भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गर्दा विवाद उत्पन्न भएको छ ।
भारतीय सीमाना पार गरेर भारतीय सेना नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयहरूले त्यसको प्रतिकार गरेका हुन् ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रहेका रवीन्द्र जैसवालका अनुसार स्थानीयहरूले सुरुमा सीमा पार गर्नुको कारण सोधेका थिए । तर, सुरक्षाकर्मीहरूले स्थानीयहरूको कुरा नसुनी सीमाभित्रै रहेपछि उनीहरूले प्रतिकार गरेका हुन् । हतियारसहित आएका सुरक्षाकर्मीहरूलाई देखेपछि नागरिकहरूले पनि आफ्नो आक्रोश पोखेका थिए । एसएसबीको निरन्तर उपस्थितिमाथि पनि प्रश्न उठाएका थिए ।
स्थानीयले नेपाल बारम्बार आउनुको कारण सोदेर बिहार होइन भन्दै आक्रोश व्यक्त गरेकाक थिए । ‘भारतका सुरक्षाकर्मीहरूको यस किसिमको ज्यादती त सुस्तावासीले खेपिरहेका छन् । सुस्ता क्षेत्रलाई लिएर नेपाल र भारत पक्षबीच पटक पटक विवाद रहँदै आएको छ । यसअघि जेठ १९ मा पनि विवाद चर्किएको थियो । त्यतिबेला तटबन्ध निर्माण कार्य हुँदै गर्दा भारतका सुरक्षाकर्मीहरू आएर ‘विवादित क्षेत्रमा काम नगर्न’ भनेका थिए ।
हर्क साम्पाङको कटाक्ष
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सिमाका विषयमा बोलेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले सरकारप्रति कटाक्ष गर्दै लेखेका छन्, ‘ सरकारले सुस्तामा भारतीय सेना छिरेको देख्यो कि देखेन रु सीमा रक्षा गर्न नसक्नेले राजीनामा दिँदा हुन्छ प्रतिनिधिसभाको बैठकमा पनि उनले यो प्रश्न उठाएका छन् । उनले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्कीदप्की गरेको र स्थानीय निहत्था नेपालीहरूले त्यसको प्रतिकार गर्नुपरेको भिडियो सार्वजनिक भएको भन्दै संसद्मा प्रश्न उठाएका हुन् ।