logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाडीले ठक्कर बाट मोटरसाइकलमा सवार नेविसंघका नेताको मृत्यु


अंकुरण खबर
403
Shares

पोखरामा गाडीले ठक्कर दिँदा नेपाल विद्यार्थी संघ (नेविसंघ)का एक नेताको मृत्यु भएको छ।

पोखराको सृजनाचोकमा भएको सवारी दुर्घटनामा नेविसंघका पूर्व केन्द्रीय सदस्य राजीव बास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति बास्तोला सवार मोटरसाइकललाई बा। प्र।०३–००१–क १६५० नम्बरको मिक्स्चर गाडीले पछाडिबाट ठक्कर दिँदा बास्तोलाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नजिकैको मेट्रोसिटी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

बास्तोलाको शव पोस्टमार्टमका लागि पोखराको मणिपाल अस्पतालमा राखिएको छ।