पृथ्वी राजमार्ग
पोखरा–मुग्लिन खण्ड
काठमाण्डौं । पाँच दशकअघि बनेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको सडकमा सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको सडकलाई चार लेन बनाउन लागिएको हो ।
पहिलो चरणमा पोखरादेखि आँबुखैरेनी सम्मको ८१ किलोमिटर खण्ड विस्तार गर्ने तयारी भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । उनका अनुसार राजमार्गमा पर्ने तीनवटा ठूला आकारका पुल पनि विस्तार हुनेछन् ।
पोखरा–मुग्लिनको दुरी ९० किलोमिटर छ । पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ ।
नागरिक दैनिकबाट यो समाचार लिइएको हो ।