पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको अभूतपूर्व सफलतालाई नेपाली राजनीतिक इतिहासको एउटा नयाँ क्रान्तिको कडीका रूपमा व्याख्या गरेका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ता र नयाँ शक्तिलाई सत्य एवं न्यायको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिए। पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाले परम्परागत शैलीको आन्दोलन वा सङ्घर्ष गरेर नभई आधुनिक प्रविधि र विचार सम्प्रेषणका माध्यमबाट जनताको मन जितेर यो सफलता प्राप्त गरेको चर्चा गरे।
आफ्नै पुस्ताका पुराना नेताहरूमा नयाँ शक्तिको उदयलाई लिएर अनेकौँ भ्रम र संशयहरू रहेको टिप्पणी गर्दै उनले ती भ्रमहरूलाई कथा र कहानी को सङ्ज्ञा दिए।