logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

म्याग्दीमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु


अंकुरण खबर
390
Shares

म्याग्दीमा पहिरोले गाडी पुरिँदा एक जनाको मृत्यु भएको छ।

अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी जोमसोम सडकखण्डमा गएराति पहिरो खस्दा एउटा ईभी गाडी पुरिएको हो।

सो दुर्घटनामा गाडी चालक पर्साको वीरगन्ज महानगरपालिका–२१ बस्ने २३ वर्षीय सोहेल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति करिब २ बजे ढुंगा माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको ईभी गाडी पुरिएको हो।
घटनाको जानकारी पाउँने बित्तिकै जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वाबाट सशस्त्र सहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो। उद्धार टोलीले गाडीभित्र रहेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा अन्य यात्रु घाइते भएरनभएको बारे प्रहरीले केही खुलाएको छैन। पहिरोका कारण बेनी जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिलो पन्छाएर बेनी–जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको पनि प्रहरीले जनाएको छ।