पछिल्लो समय निकै उतार चढाव देखिएको सुनको मूल्य सोमबार पुन: घटेको छ।
सोमबार छापावाला सुन घटेर तोलामा ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। आइतबार छापावाला सुन तोलामा ७५ हजारमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज नेपाली बजारमा चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ६० अमेरिकी डलर पुगेको छ।