logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देव गुरुङले उपसभामुख शिवमायालाई यस्तो आरोप लगाए


अंकुरण खबर
1.365K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्धवारनै बन्न नपाउने दाबी गरेका छन् । उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेद्धवारी दिन मिल्दैन् । यदि उम्मेद्धवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्ने नेता गुरुङको तर्क थियो ।

साक्षत्कारमा नेता गुरुङले भने,‘संसद अवरुद्ध हुनु दुःखद् हो । यदि संसद यही तवरले अवरुद्ध भैरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ । यो गत्यावरोध संवैधानिक अंगसँग सम्बन्धित छ । त्यसैले पार्टीले मात्रै निकास दिन सक्दैनन् । व्यक्तिका ईच्छा, आकांक्षा पूरा गर्नको लागि सदन अवरुद्ध गर्न हुनन ।’
त्यस्तै नेता गुरुङले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको समेत बताए । ठुलो दल भएका नाताले पनि सभामुखमा नेकपाले उम्मेद्धवारी दिने बताए । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको तर उहाँले नमानेको नेता गुरुङको भनाई थियो ।