logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विनय मोहन नेपालका लागि नयाँ भारतीय राजदूत


अंकुरण खबर
1.989K
Shares

नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी विनय मोहन कवात्रा लाई तोकिएको छ।

भारत सरकारले उनको नाम सोमबार प्रस्ताव गरेको हो । विनय मोहन यसअघि सन् २०१७ अगस्तसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले पहिले भारतीय विदेश मामिला मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका छन् ।

सन्र २०१० मे महिनादेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए। उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए।

मञ्जिवसिंह पुरीको डिसेम्बर अन्त्यमा कार्यकाल सकिएपछि भारतले नयाँ राजदूत नेपाल पठाउन लागेको हो । नयाँ राजदूत फेब्रुअरीसम्म नेपाल आइपुग्ने भएका छन् ।