logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्री एयरलाइन्सले बुधबारदेखि जनकपुर उडान गर्ने


अंकुरण खबर
871
Shares

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ ।

श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु-४०० जहाजमार्फत जनकपुर उडान गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले बताए ।

उडान भर्न श्रीएयरलाइन्सले गत १५ मंसीरमा जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो । श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ ।

कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडान भर्ने तयारी गरेको छ । श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् । एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो ।