logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छाउपडी प्रथा हटाउन जनचेतना मुलक कार्यक्रम गर्न जनप्रतिनिधिलाई प्रशासनको उर्दी


अंकुरण खबर
1.001K
Shares

जिल्ला प्रशासन कार्यालय बझाङले छाउपडी प्रथा हटाउनका लागि ग्रामीण बस्तीहरुमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न जिल्लाका ११ वटै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

जिल्लामा रहेका साईपाल गाँउपालिका, तल्कोट, मष्टा, सुर्मा, खप्तडछान्ना, छविसपाथिभेरा, थलारा, केदार स्युँ, दुर्गाथली, विथ्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतहरुलाई छाउपडी गोठ भत्काउन र ग्रामीण बस्तीहरुमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न प्रशासनले अनुरोध गरेको हो ।

रुढिवादी परम्परा, जनचेतनाको कमी तथा अन्ध विश्वासका कारण ग्रामीण बस्तीका महिलाहरु छाउ गोठमा बस्ने गरेको पाइएको छ ।

यसको अन्त्यका लागि छाउगोठ भत्काउने अभियानसंगै जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न सके झन प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

अहिलेसम्म बझाङ जिल्लाका सबै स्थानीय तहहरु गरेर ६३ वटा छाउगोठ भत्काइएको छ ।