logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लगातारको वर्षाले नारायणगढ मुग्लिन सडकखण्डमा गयो पहिरो


अंकुरण खबर
1.43K
Shares

बिहिबार देखि लगातार परेको पानीले नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो गएको छ ।

शुक्रबार बिहान पहिरो गएपछि इच्छाकामना गाउँपालिका-६ चारकीलोको सडक एकतर्फी सञ्चालनमा आएको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको जनाइएको छ । वर्षात्ले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।