logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मधेस आन्दोलनको १३ वर्ष पूरा


अंकुरण खबर
871
Shares

मधेस आन्दोलनको १३ वर्ष पूरा भएको छ । आन्दोलनको संझनामा प्रत्येक वर्ष आजकै दिन अर्थात माघ पाँच गते बलिदानी दिवस मनाउने गरिएको छ ।

२०६३ सालमा प्रहरीले अन्त्रिम संविधानको प्रतिलिपि जलाएपछि तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहित केही कार्यकर्तालाई पक्राउ गरेको थियो । सो को विरोधमा सिरहाको लहानमा भएको प्रदर्शनमा विद्यार्थी रमेश महतोको मृत्यु भएपछि मधेशमा आन्दोलन चर्किएको थियो ।

मधेस आन्दोलनको नेतृत्व गरेका दलहरुको नेतृत्वमै प्रदेश दुईको सरकार बनेपनि मधेशका मुद्दा जहीँको तहीँ रहेको भन्दै सरोकारवालाहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

मधेश आन्दोलनको १३ वर्ष पूरा भएको अवसरमा प्रदेश २ सरकारले बलिदानी दिवस मनाउन आज सार्वजनिक बिदा दिएको छ ।