logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

एमसीसीमा काँग्रेसको पूर्ण समर्थन छ : शेरबहादुर देउवा


अंकुरण खबर
897
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको बिरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले आइतबार गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले एमसीसी नेपालको हितमा रहेको जीकिर गरेका हुन् । सभापति देउवाले काँग्रेस एमसीसीको पूर्ण समर्थनमा रहेको र एमसीसी संसद्‍बाट पारित हुनेमा आफु ढुक्क रहेको बताए ।

एमसीसी नेपालका विकासका सन्दर्भमा मुटु नै भएको सभापति देउवाको तर्क थियो । एमसीसी इन्डोप्यासिफिक जस्तो सैनेगतिविधि सञ्चालन गर्ने रणनीति नभएको पनि सभापति देउवाले स्पष्ट पारे ।