logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमपातले रसुवा-केरुङ आवतजावत बन्द


अंकुरण खबर
793
Shares

हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो ।

दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ ।

एक सयभन्दा बढी ठूला मालवाहक सवारीसाधन गुड्ने रसुवागढी क्षेत्रमा हिमपातले सडक अवरुद्व भएपछि अहोरात्र पहरा दिने सुरक्षाकर्मीलाई आराम गर्ने मौका मिलेको स्थानीय बासिन्दाले बताएका छन् ।

केरुङमा रहेका नेपालीमध्ये तीनजना कठोर यात्राका साथ शनिबार रसुवागढी आइपुगेको र सडक खुल्न अझै केही दिन लाग्ने सीमा प्रहरी चौकी टिमुरेले बताएको छ।