logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमती हत्याका अभियुक्त पुर्पक्षका लागि कारागार चलान


अंकुरण खबर
910
Shares

श्रीमती हत्याका अभियुक्त मनप्रसाद शेरचनलाई जिल्ला अदालत प्युठानले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका-१ स्याउलिबाङका शेरचनलाई माघ २ गते थुनामा पठाउने आदेश अदालतले गरेको हो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार ५५ वर्षीय मनप्रसादलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको थियो।

शेरचनले ५४ वर्षीया श्रीमती नीलमणि शेरचनलाई कुटपिट गरी हत्या गरेका आरोप लागेको छ। गत ६ पुसमा मनप्रसादले श्रीमतीको हत्या गरेको र सोही दिन उनलाई पक्राउ गरिएको थियो।