logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी सामान्य गल्तीले तपाईंको सौन्दर्य ध्वस्त बनाइरहेको त छैन !


अंकुरण खबर
1.547K
Shares

मेकअप गर्नु सबैलाई राम्रो लाग्छ । तर, बेपर्वाह मेकअफले हाम्रो सौन्दर्यमा क्षति पुगिरहेका पनि हुनसक्छ । शरीरको यथोचित हेरचाह गर्न सकिएन भने परिणाम विपरीत पनि हुन सक्छ ।

गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडि चाउरिने तथा चमक पनि हराएर गएका धेरै उदाहरणहरु छन् । कतिपय अवस्थामा गुणस्तरीय ब्रान्डेड प्रोडक्ट प्रयोग भइरहेको छ भनेर हामी ढुक्क हुन्छौँ । तर, त्यसको प्रयोग सही तरिकाले हुन नसक्दा गलत असर परिरहेको हुन्छ । त्यसैले ब्युटी प्रोडक्ट प्रयोग गर्नेले आफ्नो केही बानीमा भने सुधार गर्नुपर्ने हुन्छ ।

सुत्नुअघि अवश्य पखालौं मेकअप गरेको अनुहार:

मेकअप गरेको अनुहार सुत्ने वेलामा पखाल्न भुल्नु हुँदैन । दिनभरको जस्तोसुकै व्यस्तता या थकान भए पनि मेकअप सफा नगरी सुत्दा मुहारको छालामा भएका छिद्र बन्द हुन सक्ने सम्भावना हुन्छ । जसले गर्दा छालामा समस्या पर्नुका साथै अनुहारको चमक हराउने तथा थकित देखिने हुन्छ । दिनभरि हिँड्दा मेकअपमा लागेका पसिना तथा बाहिरी फोहोरले मुहार बिगार्ने सम्भावना अत्यधिक हुन्छ ।

मिति गुज्रिएको ब्युटी प्रोडक्टबाट बचौं:

हरेक प्रकारका ब्युटी प्रोडक्ट प्रयोग गर्ने निश्चित समयावधि हुन्छ । सोही मितिभित्र सो प्रोडक्ट प्रयोग गरिसक्नुपर्छ । अन्यथा, त्यसले खराब परिणाम निम्त्याउँछ । एकपटक खोलेपछि ब्युटी प्रोडक्ट खराब वातावरण तथा केमिकलको सम्पर्कमा आउँछ । जसले गर्दा पुराना ब्युटी प्रोडक्ट प्रयोग गर्दा अनुहार खराब बनाउँछ । त्यसैले हरेक दिन प्रयोग गरिने मस्कारा, गाजल, लिपस्टिक, फाउन्डेसन, कम्प्याक्ट पाउडरलगायतका प्रोडक्ट सामान्यतया ६ महिनाभन्दा बढी प्रयोग गर्नु हुँदैन ।

मेकअप गर्ने ब्रस लगायत सामग्रीको नियमित सरसफाई गरौं:

दैनिक प्रयोग हुने मेकअप ब्रसको पनि नियमित सरसफाइ गर्नुपर्छ । तपाईंले यो भुल्नु हुँदैन कि मेकअप ब्रस मेकअप ब्याग तथा अन्य विभिन्न स्थानको सम्पर्कमा रहन्छ । जसले गर्दा मेकअप ब्रस फोहोर हुने सम्भावना अत्यधिक रहन्छ । यसको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । यदि ब्रसको सरसफाइमा विशेष ध्यान दिइएन भने अनुहारमा विभिन्न प्रकारका समस्या निम्तिन सक्छ ।

हटाऔं अनुहार छोइरहने बानी:

अधिकांश महिलाले गर्ने अर्को गल्ती भनेको जानेर वा नजानेर पनि आफ्नो अनुहार छोइरहने हो । हरेक समय अनुहारमा हातले छोइरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ । यसले पनि अनुहारको छालाको छिद्र बन्द हुने सम्भावना बढ्छ । जसले गर्दा मुहारमा धेरै प्रकारको समस्या निम्तिन सक्छ । एजेन्सी