logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सङ्घ, प्रदेश र स्थानीय तह विधेयक ‘२०७५’ पारित


अंकुरण खबर
1.625K
Shares

राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ पारित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेका उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो ।

बैठकले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.खतिवडाले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ १४ गते अपराह्न १ बजे बस्नेछ ।