logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुखका लागि अग्नि सापकोटाले दिए उम्मेदवारी


अंकुरण खबर
936
Shares

काठमाडौं – नेकपा सांसद अग्‍नि सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद्‌ भवनमा सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन् भने समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मनलाल कर्ण रहेका छन्।

सत्तारुढ नेकपाका तर्फबाट सापकोटा सभामुख बन्न लागेका हुन् ।