काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
मंगलबार छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर ७५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन तोलामा ७५ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।