काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिटै नेपालको भ्रमण गर्ने बताएका छन।
बिराटनगरस्थित एकीकृत भन्सार चौकीको भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री केपी ओलीसँगै संयुक्त उद्घाटन गर्ने क्रममा मोदीले सो कुरा बताएका हुन।
उद्घाटनमा क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई दिएको निम्तो स्वीकार्दै मोदीले भने, मलाई तपाईँले जुन निम्तो दिनुभयो त्यसप्रति म गर्व गर्छु। मित्रको नाताले तपाईँले सधैँ म नेपाल आउने चर्चा गर्नुभएको छ।
सन् २०२० को दशक नेपाल–भारत सम्बन्धको स्वर्णिम दशक बन्ने् बताउँदै उनले भने सन् २०२० को दशक नेपाल–भारत सम्बन्धको स्वर्णिम दशक बन्नेछ।
मोदीले ओलीसँग नजिकको सम्बन्ध रहेको उल्लेख गर्दै नेपालप्रति रहेको गहिरो प्रेमका कारण नेपाल आउने कार्यक्रम बनाउने बताए।