logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संखुवासभामा बमसहित विप्लव नेकपाका कार्यकर्ता पक्राउ


अंकुरण खबर
1.118K
Shares

प्रहरीले संखुवासभाको सभापोखरी गाउँपालिका–४ बाट बमसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मादी नगरपालिका–५ का सोमबहादुर तामाङ रहेका छन् । उनलाई विस्फोटक पदार्थ बनाउने स्थानबाटै प्रहरीले पक्राउ गरेको हो ।

विस्फोटक पदार्थ निर्माण गरिरहेका तीन जनामध्ये दुई जना भाग्न सफल भएका छन् भने तामाङ पक्राउ परेका छन् । प्रहरीले स्थानीय देउमान राईको गोठमा राखेको प्रेसरकुकर बम, सकेट बम, सुतली बम र दुई प्रकारका डेटोनेटरसमेत बरामद गरेको छ ।

यस्तै, विद्युतीय धराप थाप्न प्रयोग हुने तारसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय खाँदबारी लगिँदै छ ।