logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्ट्रेलियामा ३० हजार घरमा विद्युत अवरुद्ध


अंकुरण खबर
1.3K
Shares

अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ ।

गएको मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै साउथ न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।

राज्य आपतकालीन सेवा एसईएसका अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा ८ सयभन्दा बढी टेलिफोन आएका थिए ।

मुख्यतया यी फोनहरू भाँचिएका रूखका डरले आएको एसईएसका निर्देशक पल बेलीले बताए । रुखले सडकमा गुडिरहेका कैयौं मानिसका कारलाई थिचेको थियो । केही भागहरूमा प्रतिघण्टा १ सय किलोमिटरका हिसाबले आँधीबेहरी आएको बताइएको छ ।

सिड्नीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी