धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ।
खुकुरी प्रहारबाट सुनबहादुर तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन्। घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो।
घाइते तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ स्थित ग्रीन सिटी अस्पताल लगिएको छ। तामाङको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ।
मंगलबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा समूहमा आएको टोलीले खुकुरी र ढुंगामुढा प्रहार गरेको सुनबहादुरका आफन्तहरुले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङकाअनुसार दुई समूहकाबीच पहिलेदेखि जारी रहेको आपसी विवादको कारण झडप भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनामा संलग्न भएको आशंकामा धादिङकै नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको उत्तरी भेगको दार्खा क्षेत्रमा पेसेवर गुण्डागर्दीमा संलग्न रहेका अशोक तामाङको निर्देशनमा घटना भएको पीडितका आफन्तहरुले बताएका छन्।