काठमाडौं – नेपाली बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ६८ हजार रुपैयाँमा कायम भएको छ ।
यो साताको शुरुदेखि नै सुनको भाउ लगातार बढि रहेको छ । साताको पहिलो दिन आइतबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ दोस्रो दिन सोमबार १ हजार ५ सय रुपैयाँले बढेको थियो । साताको तेस्रो दिन आज मंगलबार पनि सुनको मुल्य २ सय रुपैयाँले बढेको छ । लगातारको वृद्धिले सुनको मुल्यमा दैनिक नयाँ नयाँ रेकर्ड बन्दै गएको छ ।
त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला ६७ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी मुल्य भने स्थिर रहेको छ आज चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।