रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुख घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ चोकबाट आज कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।