logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नै साथीको छुरा प्रहारबाट भक्तपुरका रोहन सुवालको मृत्यु


अंकुरण खबर
767
Shares

मदिरा सेवनपछि भएको विवादमा भक्तपुरमा छुरा प्रहार गरेर एक किशोरको हत्या गरिएको छ ।

छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको हत्या भएको हो ।

घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

ती दुईसहित पाँच जना किशोरले भक्तपुर भोलाछेंमा मदिरा सेवन गरेका थिए । मदिरा सेवनका क्रममा उनीहरूबीच सामान्य विवाद भएको थियो ।