logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बैंकलाई दिइएको बीमा अभिकर्ता अनुमति खारेज


अंकुरण खबर
1.911K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले वाणिज्य तथा विकास बैंकहरुलाई दिएको बीमा अभिकर्ता अनुमति खारेज गरेको छ ।

मौद्रिक नीतिमा व्यवस्था गरिएको उक्त विषयलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशिका जारी गर्दै यस्तो अनुमति खारेज गरेको हो । उक्त निर्देशिका अनुसार बैंकहरुले बीमा कम्पनीहरुको बीमालेख बिक्री गर्न पाउने छैनन् ।

केही वर्षयता बैंकलाई बीमा पोलिसी बिक्री गर्न केन्द्रीय बैंकले नै अनुमति दिएको थियो । यसमा अस्वस्थ्य प्रतिस्पर्धा र अनियमिता बढेको भन्ने गुनासोका आधारमा राष्ट्र बैंकले यस्तो सर्कुलर जारी गरेको जनाईएको छ ।