logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा एमसिसीको विरोधमा सत्तारुढ र प्रतिपक्षका शीर्ष नेताको पुत्ला दहन


अंकुरण खबर
1.885K
Shares

डडेल्धुराका युवाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

एमसीसीको विरोधमा बिहीबार साँझ जिल्ला सदरमुकामको भीमदत्त सालिक नजिक पुत्ला दहन गरेका हुन् ।अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै खारेज गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको प्रदर्शनमा सहभागी युवा पदम भण्डारीले बताए ।

नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले जिल्ला सदरमुकाममा मोटर साइकल ¥यालीसमेत निकालेका थिए । एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीनविरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको अर्का युवा श्याम ओलीले बताए ।

साथै उनिहरुले मिडिया काउन्सिल विधेयक फिर्ताको मागसमेत गरेका छन् । सरकारले माग पूरा नगरे थप आन्दोलन चर्कोउने चेतावनी पनि दिएका छन् ।