logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित


अंकुरण खबर
1.898K
Shares

काठमाडौं – दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ ।

उनका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एकछोरा सशस्त्रप्रहरी बलमा कार्यरत  रहेका छन् । गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेका थिए ।

छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको  प्रेमराज जैशीले बताउनुभयोए । उनले भने, “मेरा छोरा छोरीको योगदानले म आज सम्मानित भए योभन्दा अरु खुशीको क्षण के हुन सक्छ र ।”