logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

विद्युत सर्ट भएर आगलागी : एक महिलाको मृत्यु


अंकुरण खबर
2.899K
Shares

विद्युत सर्ट भएर सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तीपुरमा भएको आगलागीमा जलेर एक महिलाको मृत्यु भएको छ ।

आज विहान घरमा सुतिरहेका बेला अचानक विद्युत सर्ट भएर आगलागी हुँदा कर्जन्हा नगरपालिका-४ निवासी १७ वर्षीया चुनचुन कुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा राखिएको छ । आगलागीका कारण घरमा रहेको फर्निचर, फ्रिज, खाधान्न लगायतका समान समेत जलेर नष्ट हुदाँ करिब २ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए ।