logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ


अंकुरण खबर
3.536K
Shares

काठमाडौं – लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ बस्ने २७ वर्षीय बमबहादुर विक रहेका छन् । विकलाई व्यास नगरपालिका–३ दमौली बजारबाट बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पक्राउ परेका विकलाई जिल्ला अदालत पेश गरिएकोमा तोकिएको कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको छ ।

अदालतले विकलाई विसं २०७५ जेठ १४ गते एक महिना २३ दिन कैद र रु सात हजार जरिवानाको फैसला गरेको थियो । त्यसयता विक फरार सूचीमा रहेका थिए । विक विसं २०७३ चैत १५ गते व्यास नगरपालिका–२ सिद्धार्थ चोकबाट लागुऔषधसहित पक्राउ परेका थिए ।