काठमाडौं – गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) विरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।
पोखराको गैह्रापाटनबाट मिलनलाई पक्राउ गरेको हो । ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
यसअघि मिलनले कुटपिटको आरोपमा उजुरी दिएपछि मनाङेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।