logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा पनि एक जनामा कोरोना भाइरस भेटिएको पुष्टि : उच्च सतर्कता रहन चिकित्सकको आग्रह


अंकुरण खबर
1.105K
Shares

चीनमा महामारिको रुप लिदै गएको कोरोना भाइरस नेपालमा पनि एक जना व्यक्तिमा भेटिएको पुष्टि भएको छ।

चीनबाट फर्केका एक बिरामीमा यो भाइरसको शंका लागेपछि परीक्षणका लागि नमुना हङकङ पठाइएको थियो ।
उक्त नमुनामा भाइरस रहेको पुष्टि भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

चीन, हङकङलगायतका देशमा कोरोना भाइरस देखिएपछि सरकारले विमानस्थलमा आउने यात्रुहरुको जाँचमा पनि कडाइ गरेको छ । यसका लागि अहिले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा ८ जनाको टोलीसहितको स्वास्थ्य डेस्क स्थापना गरिएको छ । उक्त डेस्कले २४ सैं घण्टा काम गर्नेछ ।