logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिउँसो घाम लाग्दा पनि अधिकतम तापक्रम घट्दा चिसो बढ्यो


अंकुरण खबर
1.261K
Shares

काठमाडौं – दिउँसो घाम लागेपनि बिहान र बेलुकी पख चिसो छ ।

राती आकाश खुलेको तथा उत्तरपश्चिम हिमालबाट हावा आएकाले अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

यस्तै हिमालबाट बहेको हावा र न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घट्दा चिसो भएको उनले बताए ।

शनिबार केही ठाउँको अधिकतम तापक्रम घटबढ हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार शनिबार पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्नेछ भने पश्चिम तराईमा लागेको कुहिरो दिउँसोपछि मात्रै हट्ने भएकाले चिसो रहिरहनेछ ।

अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले जनाएका छन् ।