logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस संक्रमणबाट डाक्टरकै मृत्यु


अंकुरण खबर
1.235K
Shares

चीनमा कोरोना भाइरस लागेका संक्रमित बिरामीको उपचारमा संलग्न एक डाक्टरको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको केन्द्रका रुपमा रहेको हुबेइमा सिन्ह्वा अस्पतालका ६२ वर्षीय डाक्टर लियाङ विङदोङको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

उनी कोरोना भाइरस लागेका बिरामीको उपचारमा केही दिनदेखि संलग्न थिए । भाइरस संक्रमणबाट डाक्टरकै मृत्यु भएको यो पहिलो भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

अहिलेसम्म चीनमा मात्रै कोरोना भाइरसको संक्रमणमा परी ४२ जनाको मृत्यु भएको छ भने एक हजार दुई सय भन्दा बढीमा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।