logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ए डिभिजन लिग फुटबल : एनआरटि र आर्मीले अंक बाँडे


अंकुरण खबर
897
Shares

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटि) ले बराबरी खेली अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मी र एनआरटी गोलरहित बराबरी खेली अंक बाँडेका हुन् ।

खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै आर्मी शीर्ष स्थानमै यथावत् रहेको छ । आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । एनआरटीले ८ खेलमा १२ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ ।