logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभरको मौसम कता सफा रहन्छ, कता बदली र वर्षा ?


अंकुरण खबर
1.729K
Shares

काठमाडौं – उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशभरको मौसम सफा भने नरहने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ । पश्चिम र मध्य तराईका भूभागमा हुस्सु-कुहिरो लागेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । पूर्वी पहाडि भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडि तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने मौसमविदले बताएका छन् ।

तराईका भूभागमा हुस्सु-कुहिरो लागेता पनि दिउँसोसम्ममा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आइतबार राति देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।