logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुलीमा माइक्रोबस दुर्घटना : चालकको मृत्यु, १० जना घाईते


अंकुरण खबर
2.106K
Shares

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुङग्रे भन्ज्याङमा माइक्रोबस दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । ।

झापाबाट काठमाडौं आउंदै गएको बा ४ ख ६९६ नम्बरको हायस माइक्रोबस ढुङग्रे भन्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा माइक्रोबस चालक काठमाडौंका मोहन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।