logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अरुण तेस्रो आयोजनाको विद्युत गृहमा विप्लव समूहद्वारा बम विस्फोट


अंकुरण खबर
1.417K
Shares

संखुवासभामा निर्माणधीन ९०० सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम विस्फोट गराएको छ।

चन्द समूहको एक समूहले चिचिला र मकालु गाउँपालिकाबीचको पुवाखोला केराबारी विद्युत गृह निर्माणस्थलको बन्दै गरेको कोलोनीमा प्रेसर कुकर बम विस्फोट गराएका हुन्।

गएराति साढे १० बजे गराइएको विस्फोटबाट पावर हाउस निर्माणको भारतीय ठेकेदार कम्पनी पट्टेल इन्जिनियर्सको नयाँ कोलोनीको ५०० केभी जेनेरेटरमा क्षति पुगेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए।

बम विस्फोटबाट निर्माणधीन कोलोनीको गारोमासमेत क्षति पुगेको छ। त्यहाँ भारतीय प्राविधिक र कर्मचारी टोली बस्दै आएका छन्। बम विस्फोटलगत्तै आयोजनास्थल नजिकै सुरक्षार्थ खटिएको नेपाली सेना घटनास्थलमा परिचालन गरिएको छ।

चन्द समूहको कोशी सगरमाथा ब्यूरो स्रोतले बम विस्फोट आफूहरुले गराएको बताएको छ। थप अनुसन्धानको कामलाई तीब्रता दिएको प्रहरीले जनाएको छ ।