logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सभाखोलामा डुबेर शिक्षा मन्त्रालयका अधिकृतको मृत्यु


अंकुरण खबर
1.781K
Shares

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय योजना तथा अनुगमन शाखाका शाखा अधिकृत ऋषिकेश निरौलाको सभाखोलामा डुबेर मृत्यु भएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–१ निवासी ४५ वर्षीय निरौलाको पौडी खेल्ने क्रममा सभाखोलामा डुबेर मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

पौडी खेल्ने क्रममा डुबेका शाखा अधिकृत निरौलाको मनकामना पोलिक्निक तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी केही दिनअघि घर बिदामा संखुवासभा गएका हुन् ।