काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भारत प्रस्थान गरेका छन् ।
गएको मंसिर २७ गते झापा पुग्नुभएका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल तर्फए प्रस्थान गरेका हुन् । ‘धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम छ’–उच्च स्रोतले भन्यो– ‘उतैको निम्तो मान्न बंगालको सिलिगुढी, दार्जिलिङ, कालिङपोङ, सिक्किम जान लाग्नुभएको हो।’
शाह दम्पतीले ती क्षेत्रका नेपाली भाषी र पश्चिम बंगालका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ। करिब दुई साता लामो भ्रमणको कार्यक्रम छ।
पश्चिम बंगालबाट सिलिगुढी आउने र नेपाली सुरक्षाकर्मी सहितको टोलीले झापा ल्याउने कार्यक्रम रहेको छ। फागुन अन्तिमसम्म पूर्वी र मध्य तराईको भ्रमणको तयारी गरेका ज्ञानेन्द्रले यो वर्ष कोमलको जन्मदिन झापामै मनाउने तय गरेका छन् ।
फागुन ७ गतेको जन्मदिन मनाउन पूर्वराजपरिवारको सम्पूर्ण टोली झापाको हिमालयन टी गार्डेनमा पुग्नेछ।