logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विमानस्थलबाट २९ राउण्ड गोलीसहित एकजना पक्राउ


अंकुरण खबर
754
Shares

पोखरा विमानस्थलमा आइतबार यती एअरमार्फत काठमाडौं आउन लागेका एक पुरुष राइफलमा प्रयोग हुने गोली सहित पक्राउ परेका छन् ।

विमानस्थलमा एक्सरे मेसिनले चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. २७ रिट्ठेपानीका ४० वर्षीय जितु शाहीको झोलामा गोली फेला परेको हो ।

शाहीको साथबाट २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार शाही यति एअरको उडानमार्फत काठमाडौं उड्न लागेका थिए ।

प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जानएको छ ।